image
image

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

काठमाडौँ, १, मंगलबार । लगातारको वर्षातका कारण पहिरो गएपछि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । डोटीको जोरायल गाउँपालिका–१ गैरा नजिक पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार डोजर लगाएर राजमार्ग सुचारु गर्ने कार्य भइरहेको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दर्जनौ सवारी साधन बीच बाटोमै रोकिएका छन् । उक्त राजमार्गले तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट पहाडी सात जिल्ला जोड्ने गरेको छ ।

यस्तै पहिरो खस्दा जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्ग पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो ।

राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु बिचबाटोमै रोकिएका छन् । उता बाजुरा जिल्ला जोड्ने राजमार्ग पनि अवरुद्ध छन् । साँफे–मार्तडी सडक, मार्तडी–कोल्टी सडक लगायतका राजमार्ग ठाउँठाउँमा पहिरो गएपछि अवरुद्ध भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।