image
image

तत्काल बहराइनले नेपाली कामदार नलिने 

काठमाडौँ, १, मंगलबार । कोरोना भाइरस संक्रमण महामारीको कारण बहराइनले तत्काल नेपालसहित अन्य ‘रेड लिस्ट’मा रहेका देशबाट कामदार नलिने भएको छ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि भन्दै बहराइनले नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र भियतनामका नागरिकलाई तत्काललाई नयाँ ‘वर्क परमिट’ नदिने घोषणा गरेको त्यहाँको लेबर मार्केट रेगुलाटरी अथोरिटीले जनाएको छ ।

बहराइनले संक्रमणको उच्च जोखिम ‘रेड लिस्ट’ मा रहेको देशका कामदारलाई तत्काल आफ्नो देशमा प्रवेश रोक लगाउने निर्णय गरेको अथोरिटीले जनाएको छ ।

नेपालमा कोरोना संक्रमण बढेपछि बहराइनले नेपाललाई २४ मे महिनामा ‘रेड लिस्ट’ रहेको थियो। सङ्क्रमण कम हुँदै गएपछि बहराइनले फेरि अर्को सूचना जारी गर्ने जनाएको छ ।

बहराइनमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५८ हजार ७३१ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या २ लाख ४४ हजार ५७९ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ हजार २२१ रहेको बहराइनको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

बहराइनले पनि संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट त्यहाँ के कति नेपाली सङ्क्रमित भए कतिले ज्यान गुमाए त्यहाँस्थित नेपाली दूतावाससंग पनि कुनै तथाङ्क छैन ।

त्यहाँबाट पनि नियम उडान नहुँदा खास गरी उडान बन्द हुनु अगाबै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश र्फकने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपाली बढी समस्यामा रहेका छन् । बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको पाइन्छ 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।