image
image

तीन दिन भारी वर्षा हुन सक्ने

काठमाडौँ, १, मंगलबार । मनसुनी वायुको प्रवेशसँगै विगत केही दिनयता देशभरि वर्षा भइरहेको छ।  मौसम पूर्वानुमान महाशखाले अझै तीन दिन  देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।वर्षाका कारण अहिले विभिन्न नदीहरूको जल प्रवाह बढेको छ भने केही ठाउँमा पहिरो समेत आएको छ।

आगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक वहाव भई सतर्कता तह पुग्ने भएकाले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन सरकारले अनुरोध गरेको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
असार १ गते (मंगलबार)

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै  स्थानहरूमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न।२, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा भारी बर्षाको समेत सम्भावना छ।

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी बर्षाको समेत सम्भावना छ।

असार २  गते (बुधबार)

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही  स्थानहरूमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी बर्षाको सम्भावना छ।

रातीस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश,   कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी बर्षाको सम्भावना छ।

असार ३  गते (बिहीबार)

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही  स्थानहरूमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश थोरै स्थानहरूमा भारी बर्षाको सम्भावना छ।

रातीस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश न. १ र लुम्बिनी प्रदेशको एकरदुई स्थानमा भारी बर्षाको सम्भावना छ।

आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै प्रदेश न।२, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।