image
image

आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन

काठमाडौँ ३१ जेठ । नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । यस आघिमहामारीका कारण बैंक तथा वित्तीय संस्थाले आलोपालो र कोटा प्रणालीअनुसार शाखा खोल्दै आएका थिए । हाल कोरोना संक्रमण कम हुँदै जाँदा बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखेर सकभर घरबाटै काम गर्न र कार्यालयमा पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

त्यस्तै बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ । केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न भनिएको छ । साथै सेवाग्राहीलाई  पनि सकभर विद्युतीय माध्यमबाट कारोबारमा प्रोत्साहित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

 
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।