image
image

सरकारले कुन देश बाट कति ऋण लिने ?

काठमाडौँ ३१ जेठ । नेपाल सरकारले  आगामी आर्थिक वर्षका लागि ३ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिने लक्ष्य राखेको छ । जसमा अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ र ऋणबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ लिने लक्ष्य लिएको हो ।

त्यस्तै सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट ल्याएको छ । सो बजेटको खर्च व्यहोर्ने स्रोतका रूपमा राजस्व १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब रुपैयाँ व्यहोर्ने लक्ष्य लिएको छ । साथै अपुग  भएको ३ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदानबाट व्यहोर्ने लक्ष्य छ ।

एसियाली विकास बैङ्कबाट १ खर्ब १७ अर्ब ११ करोड २४ लाख रुपैयाँ, अन्र्तराष्ट्रिय मुद्राकोषबाट २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण लिने लक्ष्य सरकारले लिएको छ । विश्व बैङ्क अन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घबाट ८७ अर्ब ९२ करोड २६ लाख रुपैयाँ लिने सरकारको लक्ष्य छ ।   



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।