शेयर बजारमा उछाल, राख्यो नयाँ रेकर्ड
काठमाडौँ ३१ जेठ । आज साताको दोस्रो दिन सोमबार नेप्सेमा उछाल आएको छ। आज नेप्से ४२.७२ अंकले बढेर तीन हजार २५ दशमलब ८३ विन्दुमा थामिएको छ । त्यस्तै, आज १८ अर्ब ८८ करोड ८४ लाख बराबरको कारोबार भएको छ भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ।
हिजो आइतबार नेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमा पुगेको थियो । त्यस्तै, आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी भएको छ ।
आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १०.६० अंकले बढेर ५५०.०१ विन्दुमा पुगेको छ । यस दिन कुल २२१ कम्पनीका ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर एक लाख ७५ हजार ४११ पटक किनबेच हुँदा कुल १८ अर्ब ८८ करोड ४० लाख माथिको कारोबार भएको छ ।
यद्यपि यो गत दिन (आइतबार) को भन्दा डेढ अर्ब कम कारोबार हो । गत आइतबार एकैदिन अधिकतम १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज बैंकिङ्ग, होटल तथा पर्यटन, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लगानीका समूहहरु धनात्मक भएका छन् भने व्यापार, विकास बैंक, हाइड्रो, माइक्रो फाइनान्स, म्युचुअल फण्ड लगायतका समूहहरु ऋणात्मक भएका छन् ।