फेरियो खानेपानि वितरण तालिका; अब कुन ठाउँमा कति दिनमा आउँछ खानेपानी ?
काठमाडौँ, ३१, सोमबार । काठमाडौं उपत्यकामा खानेपानी वितरणको तालिकामा फेरबदल भएको छ । यससँगै अब विभिन्न स्थानमा आउने खानेपानीको समय परिवर्तन भएको छ ।दैनिक १७ करोड लिटर पानी आइरहेको मेलम्ची परियोजनाबाट अबको २ महिना पानी नआउने भएपछि उपत्यकामा खानेपानी वितरणको तालिका फेरिएको हो । जसबाट सबैभन्दा बढी प्रभाव ललितपुरको सानेपा, कुपन्डोल क्षेत्रमा पर्ने देखिएको छ ।
ललितपुरको सानेपा, कुपन्डोल, मंगलबजार क्षेत्रमा अब १२ दिनमा एकपटक मात्रै खानेपानी वितरण हुने काठमाडौ। उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । एक सूचना प्रकाशित गर्दै केयुकेएलले वितरण तालिकामा फेरबदल गरेको हो ।
अबको २ महिनाका लागि सार्वजनिक भएको तालिका अनुसार कीर्तिपुरमा सबैभन्दा धेरै २ दिन बिराएर खानेपानी वितरण हुने उल्लेख छ । यस्तै विभिन्न स्थानमा ४ दिन, ५ दिन, ७ दिन र ९ दिनको अन्तरमा खानेपानी वितरण हुने सूचनामा उल्लेख छ ।