भारतमा ड्रोनद्वरा चिकित्सा सामग्री आपूर्ति गरिँदै
काठमाडौँ, ३१, सोमबार । भारतमा पहिलो पटक मेडिकल ड्रोन डेलिभरीको परिक्षण बेंगलुरमा गरिने भएको छ । यिबोन्ड भिजुअल लाइन अफ साइट मेडिकल ड्रोनको जुन १८ बाट ट्रायल सुरु गरिने भएको हो । बेंगलुरुको थ्रटल एरोस्पेस सिस्टम्सलाई नागरिक उड्डयन महानिर्देशनालयले गत वर्ष मार्चमा अब्जेक्ट डेलिभरी ट्रायलको स्वीकृति दिएको थियो। ट्रायल ३० देखि ४५ दिनसम्म गर्नुपर्ने बताइएको छ। ड्रोनको ट्रायलमा औषधि पठाइने छ।









