image
image

निषेधाज्ञाबारे छलफल गर्न तीन जिल्लाका सिडिओ बैठक बस्दै

काठमाडौँ, ३०, आइतबार । कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न जारी निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दैछन्।निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी बैठकमा बस्न लागेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए।

उनका अनुसार आइतबार दिउँसो दुई बजे बैठक बस्न लागेको हो।अहिले जारी निषेधाज्ञा सोमबार सकिँदैछ। त्यस अगावै छलफल गरेर आदेश जारी गर्ने प्रशासनको तयारी छ।
जारी निषेधाज्ञालाई खुकुलो बनाएर एक हप्ता लम्ब्याउनेबारे छलफल हुने सहायक प्रजिअ भट्टले बताए।

भोलिसम्मको समय छ। अब यो निषेधाज्ञा बढाउने कि के गर्ने भन्नेबारेमा छलफल होला,ु भट्टले भने, ुखुकुलो पारेर एक हप्तासम्म बढाउनेबारेमा पनि छलफल हुनेछ। पसलहरू खुल्न दिने कुरा छ। हाल जारी निषेधाज्ञामा बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएको छ। अब भने एक घन्टा थपेर १० बजेसम्म खुल्न दिने प्रशासनले तयारी थालेको छ।

स्वास्थ्य मापदण्ड पालना नहुनु, मास्कको प्रयोग नहुनु र भीडभाड बढी गर्नुले संक्रमणदरमा सुधार नआएको बुझाइ जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र को ठहर छ।
निषेधाज्ञा वा लकडाउन स्थानीय प्रशासन ऐनअन्तर्गत जारी गरिने गरिएको छ।

यसमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र रहन्छ। त्यसमा स्थानीय निकाय, स्वास्थ्यका प्रतिनिधिलगायत सरोकारवालाहरू रहन्छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।