image
image

सामूहिक स्याउखेतिमा जुटे युवा

काठमाडौँ, ३०, आइतबार। कालिकोटको तिलागुफा नगरपालिका–३ फोइमहादेवका युवा सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउका लागि उर्वरभूमि मानिएको सो वडाको फोइमहादेव गाउँका युवा सामूहिक स्याउखेतीमा लागेका हुन् ।

स्याउ सुपरजोन कार्यक्रम जुम्लाको सहयोगमा फोइमहादेव गाउँका युवा समूह गठन गरेर सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउको राम्रो उत्पादन हुने क्षेत्र भएको र स्याउ सुपरजोन कार्यक्रमले सहयोग गरेकाले सामूहिक स्याउखेतीमा आफूहरुलाई लाग्न प्रेरित गरेको सुन्दर तरकारी तथा फलफूल समूहका अध्यक्ष शान्ति बुढाले बताइन।

सामूहिक स्याउखेतीका लागि स्याउ सुपरजोन कार्यक्रमको रु एक लाख ५० हजार अनुदान र समूहको रु एक लाख ५० हजार गरी स्याउको बारी सिँचाइ गर्नका पोखरी निर्माण गरिएको अध्यक्ष बुढाले बताइन । “हामीले सामूहिक स्याउ बारीमा पाँच हजार स्याउका बिरुवा रोपेका छौँ”, उनले भनिन्, “पन्ध्र जनाको समूह सदस्यता रहेका छन्, स्याउका बिरुवा रोपिएका ठाउँमा सिँचाइका पोखरीसमेत निर्माण गरेका छौँ ।”

स्याउ र सिमी उत्पादनका लागि गाउँको माटो उपयुक्त भएका कारणले त्यसको उत्पादनमा लागेको स्थानीय प्रेमबहादुर बुढाले बताए। “रोजगारीका लागि अन्य ठाउँमा जानुभन्दा कृषि पेशा गरेर गाउँमै राम्रो आम्दानी लिन सकिन्छ”, उनले भने, “गाउँमै स्याउ र सिमी खेतीका लागि राम्रो अवस्था रहेको छ, यसको माग पनि बढेका कारणले एकल खेती गर्नुभन्दा सामूहिक खेती गरौँ भनेर सबै लागेका छौँ ।”

कृषि र फलफूल उत्पादनका लागि विषेश जोड दिएको नगरपालिकाले प्रत्येक वर्ष कृषकहरुलाई स्याउलगायतका कृषिका क्षेत्रमा अनुदानको व्यवस्था गरेको वडाध्यक्ष नन्दबहादुर कटुवालले बताए। “कृषि क्षेत्रबाट नै नगरपालिकालाई समृद्ध बनाउने योजना रहेको छ”, उनले भने, “त्यसै आधारमा कृषिमा लाग्ने युवाहरुलाई अनुदान दिएर प्रोत्साहन गर्ने गरेका छौँ ।”

नगरपालिकाको मुख्य आयस्रोतका रूपमा स्याउ, सिमी र ओखर रहेकाले त्यसको उत्पादन तथा प्रवद्र्धनमा विषेश जोड दिइएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।