सुदुर पश्चिम सरकारले बीमा कोष स्थापना गर्ने, दश लाख पशुलाई खोप दिने
काठमाडौं, ३०, आइतबार । सुदुर पश्चिम सरकारले कृषि तथा पशु बीमा कार्यक्रम सञ्चालन गर्न बीमा कोष स्थापना गर्ने भएको छ । प्रदेश प्रमुख गंगाप्रसाद यादवले आगामी आव २०७८र०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृृषि तथा पशुपालनका क्षेत्रमा किसानलाई हुनसक्ने जोखिम र क्षति न्यूनीकरणका लागि बीमा कोष स्थापना गर्न लागिएको बताए ।
त्यस्तै, उनले आगामी आवमा १० लाखभन्दा बढी पशुलाई खोप लगाइने बताए । ६ हजार माटोका नमुना परिक्षण गरी किसानलाई माटो स्वच्छता प्रमाणपत्र उपलव्ध गराई उत्पादन अभिवृद्धिका लागि सुझाव दिने सरकारको योजना छ ।
डडेल्धुरा, कैलाली र कन्चनपुरमा साझेदारीमा गड्यौला मल तथा प्रांगारिक मल उत्पादन कार्य सुरु गर्ने लक्ष्य लिइएको छ । २ हजार ४ सय किसानलाई कृषिसम्वन्धी तालिम प्रदान गर्ने प्रदेश सरकारको योजना छ ।