image
image

कतारमा चर्को घाममा काम लगाउने ४४ कम्पनीलाई कारवाही

काठमाडौँ, ३०, आइतबार। कतार सरकारले श्रमिकलाई दिउँसो १० बजेको चर्को घाममा काम लगाउने थप ४४ वटा कम्पनीलाई कारवाही गरेको छ । श्रमिकको स्वास्थ्य सुरक्षालाई ध्यान नदिइ घाममा काम लगाएपछि कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले यी कम्पनीलाई कारवाही गरेको हो।

कतार सरकारले गर्मी महिनामा खुला ठाउँमा बिहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म काम गर्न प्रतिबन्ध लगाएको छ । मन्त्रालयले यो नियम १ जुनदेखि १५ सेप्टेम्बरसम्म लागू गरेको थियो । तर, सरकारको निर्देशनलाई नै अवज्ञा गर्दै काममा लगाएपछि यी कम्पनी कारवाहीमा परेका हुन्।

गत ४ जुनदेखि ९ तारिखसम्म गरिएको निरीक्षणमा भवन मर्मत, बगैचा तथा सजवाटको क्षेत्रमा कामदार आपूर्ती गर्ने ४४ वटा कम्पनीले निर्देशन उल्लघंन गरेको पाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ती कम्पनीलाई कानूनी कारवाही गर्ने जनाएको छ।

यसअघि मन्त्रालयले १ जुन देखि ३ तारिखसम्म गरेको निरीक्षणमा दिउँसो घाममा लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको थियो । योसँगै हालसम्म निर्देशन उल्लघंन गरेको आरोपमा कारवाही भोग्ने कम्पनीको संख्या ९८ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।