image
image

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार १६ वैशाखदेखि २५ जेठसम्ममा उल्लेखित परिणाममा खाद्यान्न आयात भएको हो ।

निषेधाज्ञाबीच दाल, चामल, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, एलपीजी ग्यास, पेट्रोललगायत उल्लेख्य आयात भएको पाइएको छ । गत १६ वैशाखदेखि दाल/गेडागुडी २९ हजार ८ सय ४५ मेट्रिक टन आयात भएको छ । तरकारी ४६ हजार १ सय ४५ मेट्रिक टन, फलफूल, ३१ हजा ४ सय ४ मेट्रिक टन, २ सय २८ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार ४६ हजार ९ सय ७८ मेट्रिक टन एलपीजी ग्यास, १ लाख ३२ हजार ४ सय ८ किलोलिटर डिजेर ४२ हजार ६ सय ६२ किलोलिटर पेट्रोल भित्रिएको छ ।
-राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।