image
image

लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्सद्वारा सहयोग

मध्यपुरथिमि २९ जेठ: कोरोना भाइरस सङ्क्रमित शिक्षाकर्मीलाई घर घरमा स्वास्थ्य सेवा सञ्चालन गर्न सहयोग गर्ने अभियान शुरु भएको छ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) भक्तपुरद्वारा सञ्चालित उक्त अभियानका लागि लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्स्ले रु ५० हजार सहयोग प्रदान गरेको छ ।

लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्स्का आउट गोइङ प्रेसिडेन्ड कृष्ण कार्की तथा इनकमिङ प्रेसिडेन्ड सुमन बस्नेतले संयुक्त रुपमा भक्तपुर प्याब्सन कोभिड फण्डका सदस्य तथा मध्यपुर प्याब्सनका अध्यक्ष निलेश आचार्यलाई आज सो रकम हस्तान्तरण गरे ।

प्याब्सनले कोरोना भाइरस सङ्क्रमित शिक्षाकर्मीलाई आर्थिक सहयोग, अस्पताल तथा बेड, रगत, प्लाज्माको व्यवस्थापन गर्दै आएको अध्यक्ष आचार्यले बताए । अभियानबाट आएको सहयोगबाटै प्याब्सनले अहिले शिक्षाकर्मीको घर घर मै निःशुल्क स्वाब संक्कलन तथा पिसिआर परीक्षण, चिकित्सकसहितको सेवा, एम्बुलेन्स तथा निःशुल्क अक्सिजन उपलब्ध गराउदै आएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।