image
image

श्रमिकको सहजताका लागि घुम्ती सेवा दिँदै ओमान दूतावास

काठमाडौँ २९ जेठ । ओमान दूतावासले  नेपाली श्रमिकको सहजताको लागि घुम्ती सेवा दिने भएको छ । देतावासले आउँदो जुन १५ अर्थात् असार ११ गते ओमानको दोफार प्रशासनिक क्षेत्रमा बिहान ११ देखि बेलुकी पाँच बजेसम्म घुम्ती सेवा दिन लागेको हो ।

कोरोना महामारीका कारण अप्ठ्यारो परिस्थिति सिर्जना हुँदा भिसा, राहदानी नवीकरण लगायतका सेवा लिन नपाएका श्रमिकलाई उनीहरुकै क्षेत्रमा गएर सेवा प्रवाह गरिने बताईएको छ । त्यस्तै बारेसानामा लगायत अत्यावश्यक कन्सुलर सेवा  पनि प्रदान गरिने दूतावासले जनाएको छ ।


यस्तै यी सेवाहरु लिनको लागि आवश्यक कागजात तथा दस्तुर सम्बन्धी विवरणबारे दूतावासको वेबसाइट https://om.nepalembassy.gov.np/ मा गएर बुझ्न सकिने दूतावासले जनाएको छ । साथै घुम्ती सेवाका लागि ९२०७५०७१ वा दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा फाेन गरेर पनि बुझ्न सकिनेछ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।