image
image

किसानले पाय ८० प्रतिशत अनुदानमा भैँसी 

काठमाडौँ, २९, शनिबार। काभ्रेको नमोबुद्ध नगरपालिकाले व्यवसायीक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसी वितरण सुरु गरेको छ ।वडा नं. १० का ५५ जना पशुपालक किसानलाई ८० प्रतिशत अनुदानमा थोरे भैसी वितरण वितरण गरिएको हो । दूधमा आत्मनिर्भर बनिसकेको नगरपालिकामा पशुपालनलाई प्राथमिकताका साथ अगाडि बढाउन अनुदानमा भैसी वितरणको गरिएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनुभयो ।

वडा नं १० का वडा अध्यक्ष रामकृष्ण अधिकारीले वडामा वितरण गरिएका भैसीमध्ये सबैभन्दा पहिला सुत्केरी हुने भैसीपालक किसानलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा पनि गर्नुभएको छ । एकल महिला, असहाय र लामो समयदेखि पशुपालनको क्षेत्रमा लागेका किसानलाई प्राथमिकताको आधारमा भैसी वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।