image
image

पोखरीमा डुबेर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले एक–एक लाख राहत दिने

काठमाडौँ, २९, शनिबार । धनुषामा पोखरीमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई प्रदेश २ सरकारले एक-एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका(६ बहेडाबेलास्थित कञ्चनपुरमा रहेको पोखरीमा डुबेर मृत्यु भएका पाँच जना बालिकाको परिवारलाई प्रदेश सरकारले उक्त राहत रकम उपलब्ध गराउने घोषणा गरेको हो।

शुक्रबार पोखरीमा डुबेर डुबेर १२ वर्षीया लक्ष्मीनियाँ यादव, १० वर्षीय चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर, १२ वर्षीया ललिता साह तेली मृत्यु भएको थियो।प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादवले मृतकको परिवारलाई अस्पतालमै गएर भेटघाट गरेका थिए।

मृतक परिवारलाई भेट्न पुगेका मन्त्री यादवले राहत रकमको घोषणा गरेका हुन्। घटनास्थल मन्त्री यादवकै निर्वाचन क्षेत्र अन्तर्गत पर्छ।यता पाँच जनै बालिकाहरूको शव पोष्टमार्टमका लागि अहिले जनकपुरधास्थित प्रादेशिक अस्पतालमा राखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।