image
image

नेपाली भू–भाग प्रति भएको ज्यादती रोक्न भारतलाई पत्र

काठमाडौँ, २९, शनिबार । भारतले सडक निर्माणका क्रममा महाकाली नदी थुनेपछि नेपाल भत्किएको बाटो ।भारतले दार्चुलामा महाकाली नदीवारी नेपालतर्फको बाटो भत्काइरहेको छ।  नदीको प्राकृतिक बहाव नै परिवर्तन हुनेगरी धारचुला–लिपुलेक सडक खण्ड विस्तारको काम भारतले गरिरहेको छ।  भारको यो कामले महाकाली वारीको नेपाल तर्फको बाटोमा क्षति पुर्याएको छ। सीमावर्ती क्षेत्रमा भएका ज्यादती रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी ९डिस्ट्रिक मजिस्ट्रे० आनन्द स्वरूपलाई नेपालको भू–भागमा असर पुग्ने गरी भएका गतिविधि रोक्न आग्रह गरेका हुन। ।त्यसको जानकारी गृह मन्त्रालयमा पनि गराइएको प्रजिअ जोशीले बताए।

पत्रमा भारतीयका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले त्यसलाई खुलाउन भनिएको छ। यसको जवाफ उताबाट आइनसकेको उनले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।