सीईडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीले ३ वर्षसम्म शेयर बिक्री गर्न नपाउने
काठमाडौं । सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका संस्थापक र कर्मचारीहरुले सिईडीबी हाइड्रोपावरको शेयर ३ वर्षसम्म किनबेच गर्न नपाउने भएका छन् । उक्त कम्पनीका संस्थापक र कर्मचारीहरुको शेयर लकिंङ्ग पिरियड लागू गरिएकोले ३ वर्षसम्म शेयर किनबेच गर्न नपाउने भएका हुन् ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को परिच्छेद ९ दफा ३८ को उपदफा १ बमोजिम ‘विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्रबाहेक अन्य समूहले धितोपत्र संगठित संस्थाले सवंसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको सेयर बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाईने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले गत वैशाख ३१ गते आईपीओ बाँडफाँट गरेको थियो । सोही आधारमा कर्मचारी र संस्थापक समूहको सेयर आगामी विसं २०८१ वैशाख ३० गतेसम्म लकिङ भएको कम्पनीले जनाएको छ ।