तनहुँको बन्दीपुर सडक कालोपत्र गरिँदै
काठमाडौं, २८, शुक्रबार। तनहुँको बन्दीपुर जाने सडक कालोपत्र गर्न सुरु गरिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समयमा नै सडक कालोपत्रे गर्न सुरु गरिएको हो। पृथ्वी राजमार्गअन्तर्गत पिप्लेबाट बन्दीपुर बजारसम्मको सडकको कालोपत्रे असार महिनाभित्र सक्ने लक्ष्यका साथ यो काम गरिरहेको छ। कालोपत्रेका लागि १९ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ।









