image
image

१८ लाख भन्दा बढी मानिस बाढी–पहिरोको जोखिममा

काठमाडौँ, २८, शुक्रबार । यो वर्ष प्राकृतिक विपदबाट १८ लाखभन्दा बढी मानिस प्रभावित हुने पूर्वानुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक लाख २० हजार मानिस बाढी पहिरोको जोखिममा रहेको जनाएको छ । 

त्यस्तै १७ लाख मानिस डुबानको चपेटामा पर्न सक्ने पूर्वानुमान गरिएको हो । प्राधिकरणका प्रवक्ता लिलाधर अधिकारीले २३ जिल्लाका १७ लाख मानिस डुबानबाट र २६ जिल्लाका एक लाख २० हजार मानिस पहिरोबाट प्रभावित हुने अनुमान रहेको बताए । 

दार्चुला, बैतडी, डडेलधुरा, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, अर्घाखाँची, बागलुङ, भोजपुर, धादिङ, गोर्खा, गुल्मी, इलाम, काभ्रेपलान्चोक, कास्की, खोटाङ, लमजुङ लगायतका जिल्लामा पहिरोको जोखिम रहेको प्राधिकरणले जानकारी दिएको छ । 

यस्तै गरी कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिरहा, सप्तरी, मोरङ लगायतका तराईका अधिकांश भु–भागमा पनि डुबानको जोखिम रहेको प्रवक्ता अधिकारीले बताए ।  यस साल वर्षात् बढी हुने पूर्वानुमान गरिएको छ । वर्षात् बढी भएको खण्डमा प्राकृतिक विपद्को जोखिम पनि बढी हुन्छ । सोही पूर्वानुमानको आधारमा प्राधिकरणले विपद् व्यवस्थापनको तयारी थालेको उनको भनाइ छ । 

एकातिर कोरोना भाइरस संक्रमण महामारीको अवस्था छ भने अर्कोतिर वर्षातको समय सुरु हुन लागेसँगै विपद्को जोखिम पनि बढी छ । सबै कुरालाई दृष्टिगत गरेर प्राधिकरणले, संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर तयारी थालेको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।