image
image

१ जुलाई पछिका पुरान कतारी नोट खोटो   

काठमाडौँ, २८, शुक्रबार । आफ्नो राष्ट्रिय दिवसको अवसर पारेर गत डिसेम्बरबाट पाचौं संस्करण अन्तर्गत नयाँ नोट बजारमा ल्याएको कतारको केन्द्रीय बैकले चौथो संस्करणका नोटहरू सटही गर्न पुन सूचित गरेको छ । सूचनाका अनुसार कतारी रियालका पुराना नोटहरु सटही गर्नका लागि १ जुलाईलाई अन्तिम मिति घोषणा गरेको जनाइएको छ ।

१ जुलाई भन्दा पछि पुरानो भएका नोट चलनचल्तीमा नरहने भएको छ । यसअघि नै यहा‘को केन्द्रीय बैकले जानकारी गराई सकेको छ । नयाँ नोटहरूमा एक, पाँच, दश, पचास, एक सय, दुई सय र पाँच सयका रहेका छन्  । कतारको इतिहासमा पहिलो पटक २०० रियालको नोट पहिलो पटक सार्वजनिक गरिएको छ  ।

नेपालले भने गत वैशाख २७ सम्म कतारी रियाल सटही गर्न अनुमति दिइएको थियो । तर उक्त मितिसम्म नेपालमा कति कतारी रियाल सहटी भयो सार्वजनिक भएको छैन । कतारमा आएर फर्केका नेपालीहरुसँग ठूलो परिणाममा त्यस्ता नोटहरु रहेको आंशका गर्दै साट्नका लागि समय दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।