image
image

सिर्जना फाइनान्स प्राप्ति गर्ने सिटिजन्स बैंकको साधारणसभाबाट पारित

काठमाडौँ, २८, शुक्रबार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सातौँ विशेष साधारणसभाले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा डिजिटल प्लेटफर्ममा जुममार्फत बसेको साधारणसभाले प्रस्ताव पारित गरेको हो । 

विशेष साधारणसभाले सिर्जना फाइनान्स र सिटिजन्स बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रको अनुमोदन गरेको जनाइएको छ । सिर्जना फाइनान्सलाई प्राप्ति गर्दा १ सय कित्ताबराबर ९५ कित्ताको स्वाप रेसियो कायम गरिएको बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सको बिहीबार नै बसेको विशेष साधारणसभाले पनि प्राप्तिका लागि स्वीकृति दिएको जनाइएको छ । दुवै बैंक तथा फाइनान्सको विशेष साधारणसभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको बैंकले जनाएको छ ।

यसै आवभित्र सिर्जना फाइनान्सलाई प्राप्ति गरी संयुक्त कारोबार सुरु गर्ने बैंकका अध्यक्ष भण्डारीले बताए । प्राप्तिपश्चात् बैंकको वित्तीय, मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने अध्यक्ष भण्डारीको भनाइ थियो । ०७८ साल जेठ २६ गतेसम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३८ अर्ब रुपैयाँ हुने बैंकले जनाएको छ । त्यस्तै, सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब २२ अर्ब रुपैयाँ हुने जनाइएको छ ।

प्राप्तिपश्चात् बैंकको कुल शाखा १ सय ८९ हुने जनाइएको छ । हाल बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकामा सिर्जना फाइनान्स लिमिटेडको प्राप्तिपश्चात् उक्त प्रदेशमा बैंकका शाखा २७ पुग्ने र प्रदेश नं २ मा २० वटा शाखाहरू रहेकामा प्राप्तिपश्चात् २७ वटा शाखा हुने जनाइएको छ । बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकामा प्राप्तिपछिको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।