image
image

बर्दिया राष्ट्रिय निकुञ्जमा भारतबाट आएका जंगली हात्तीको लर्को 

काठमाडौँ, २८, शुक्रबार । केही दिनयता चीनमा वासस्थान छोडेर यात्रामा निस्किएका जंगल हात्तीको संसारभरि चर्चा छ। १५ वटा चिनियाँ हात्ती अहिलेसम्म ५ सय किलोमिटरभन्दा बढी हिँडिसकेका छन्।चिनियाँ हात्तीको चर्चा भइरहेका बेला  नेपालको बर्दियामा पनि हात्तीको त्यस्तै लर्को देखिएको छ।बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा पर्ने शिव सामुदायिक वनमा झन्डै ४० हात्ती हिँडिरहेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा आएका छन्।

ती हात्ती हुल बाँधेर कहाँ हिँडेका हुन् ? प्रश्न हामीले राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दिया प्रमुख रविन कडरियालाई सोध्यौं।उनले  भारतको  कतर्निया घाट वन्यजन्तु संरक्षण क्षेत्र ४० वटा जंगली हात्ती नेपाल आएको बताए।जंगली हात्तीहरू नेपाल आएको जानकारी पाएका छौं। यी हात्तीहरू बर्दिया राष्ट्रिय निकुञ्ज पुगिसकेका छन्। उनीहरू वारिपारि गरिरहन्छन्,’ कडरियाले भने,‘अब एक महिनाजति यता बसेर फेरि उता जान्छन्।’

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्निया घाट वन्यजन्तु संरक्षण क्षेत्रको दूरी लगभग १० किलोमिटर छ। यहाँ उनीहरूको हिँड्ने परम्परागत बाटो छ। त्यही बाटोमा हिँड्छन्। मान्छेको बस्तीमा पस्दैनन्। उनीहरूको बाटो अतिक्रमण गरेर बनाएका घर वा बाटोमा मान्छे भेटिए कुल्चिन सक्छन्,’ प्रमुख कडरियाले भने।

उनका अनुसार यी नेपाल–भारत ओहोरदोहोर गरिरहने यी हात्तीको गणना पनि दुबै देशको हुन्छ।यता बस्दा यतै गणना हुन्छ, उता जाँदा उतै गणना हुन्छ। त्यसैले हामीले बर्दिया निकुञ्ज १२० हात्तीमध्ये ५०–६० मात्रै यहाँ बस्छन् भन्छौं,’ कडरियाले भने।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।