युरोकप –२०२० आजबाट सुरु
काठमाडौँ, २८, शुक्रबार। मिनी विश्वकप भनेर मानिने युरोपियन च्याम्पियनसिप आजबाट सुरू हुँदैछ। युरोपका उत्कृष्ट २४ टिमको सहभागिता रहने प्रतियोगिता गत वर्ष नै हुने भनिए पनि कोरोना भाइरस महामारी संक्रमण (कोभिड–१९) का कारण एक वर्ष ढिला गरी हुन लागेको हो। तथापि २०२१ मा हुने भए पनि प्रतियोगिताको नाम युरो–२०२० नै राखिएको छ। २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ।









