image
image

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ऋणपत्रमा आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ । 

बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र विक्री गरेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई विक्री गरिने र सोका लागि ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र निष्कासनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा विक्री वितरण गरिएको हो ।

साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र विक्री गरिनेछ । 

उक्त ऋणपत्रको विक्री बन्द हुने ढिलो अवधि असार ८ गतेसम्म रहेपनि माागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै विक्री बन्द हुन लागेको कम्पनीले जानकारी गराएको हो । उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । 
-आर्थिक अभियान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।