बागमती सरकारले कोरोनाबाट बाबुआमा गुमाएका बच्चालाई मासिक भत्ता दिने
काठमाडौँ २७ जेठ । बागमती सरकारले कोरोनाबाट बाबुआमा गुमाएका बच्चालाई मासिक ३ हजार रुपैयाँ दिने भएको छ । प्रदेशसभामा बागमती प्रदेशको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले यस्तो घोषणा गरेका हुन्।
कोभिड प्रभावित अर्थतन्त्रलाई उत्थान गर्न पुनरुत्थान र पुनःभरण कोष ल्याइने र सहुलियतपूर्ण ऋण कार्यक्रमलाई निरन्तरता दिने उनले बताए। यसैगरी, उद्योग तथा पर्यटन क्षेत्रमा पारेको असरलाई समाधान गर्न उद्यमशीलता प्रविधि हस्तान्तरण गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताइएको छ।