गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज, स्वास्थ्यकर्मीले यसरि गरे विदाई
काठमाडौँ २७ जेठ । लोकप्रिय गायक एवम् भोईस् अफ नेपालका महागुरु कोच दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । कोरोना भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको कमी भएपछि उहाँलाई केही साताअघि उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँ १४ दिनको अस्पताल बसाइपछि उहाँ घर फर्किनु भएको हो ।डिस्चार्ज हुने क्रममा अस्पतालका डाक्टर तथा नर्सहरुले गायक श्रेष्ठलाई उहाँकै गीत लोकप्रिय गीतहरु बितेका कुराले… तथा हुँ यात्री एउटा…गाएर विदा गरेका हुन् । त्यस्तै उहाँलाई स्वास्थकर्मीहरुले खादा लगाएर स्वागत समेत गरेका थिए ।
सो भिडियो रियालिटी शो द भ्वाइस अफ नेपालका प्रस्तोता तथा निर्माता सुशिल नेपाल र अर्का कोच प्रमोद खरेलले उहाँको अस्पतालबाट विदा भैरहेको भिडियो फेसबुकमा अपलोड गरेका छन् ।