image
image

कोरोनाका कारण जग्गाधनी प्रमाणपूर्जा वितरण कार्य प्रभावित

कैलाली २७ जेठ: कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि कैलालीका स्थानीय तहले शुरु गरेको भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरणको काम प्रभावित भएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले स्थानीय तहमा लगत सङ्क्कलनको काम गरेको भएपनि त्यसपछिको काम अगाडी बढ्न सकेको छैन । स्थानीय तहले असार मसान्तसम्म भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको थियो ।

भजनी नगरपालिकाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकाहरुको लगत सङ्कलनको काम सम्पन्न गरेको छ । नगर प्रमुख शेरबहादुर चौधरीले कोरोनाका कारण अन्य कामलाई निरन्तरता दिन नसकिएको बताउनुभयो । “आयोगबाट पनि कुनै परिपत्र आइपुगेको छैन । हामी पनि पर्ख र हेरको अवस्थामा छौ”, उहाँले भन्नुभयो, “ यो आर्थिक वर्षमा अब काम गर्न सकिँदैन होला ।”


टीकापुर नगरपालिकाले पनि लगत सङ्कलनको काम सम्पन्न गरेको भए पनि त्यसपछिको कामलाई अगाडी बढाउन सकेको छैन । “कोरोनाका कारण काम पूर्णरुपमा प्रभावित भएको छ । वडा स्तरमा गठन भएको समितिले आन्तरिक रुममा काम भने गर्दैछ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो, “वडामा सङ्कलन भएको लगत नगरपालिकामा आइपुगेको छैन । अब फिल्डको काम बाँकी छ, त्यो अहिले शुरु गर्न सक्ने सम्भावना छैन ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।