image
image

कीर्तिपुरबाट चितुवाको छाला सहित २ जना पक्राउ

काठमाडौँ, २७, बिहीबार । काठमाडौंको कीर्तिपुरबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना उर्फ सागर सिंह र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन् । आरोपीहरको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।चितुवाको छाला कारोबारी काठमाडौंको कीर्तिपुरमा डेरा गरेर बस्दै आएका थिए । सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।