दुई दिनमा १८ हजार बढीले लगाए काठमाडौं महानगरमा खोप
काठमाडौँ, २७, बिहीबार । काठमाडौं महानगरभित्र दुई दिनमा १८ हजार पाँच सय जनाले कोरोनाविरूद्ध खोप लगाएका छन्।काठमाडौं महानगरभित्र ३२ ठाउँमा खोप केन्द्र छ। जेठ २५ देखि खोप लगाउन सुरू गरिएकोमा जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्छ।अहिले ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाइएको छ। महानगरका मेयर विद्यासुन्दर शाक्यले एक लाख जनालाई खोप लगाइने बताएका थिए।खोप लगाउनबाट उक्त उमेर समूहका कोही पनि नछुटुन भनेर टोलटोलमा गएर अभियान चलाइएको महानगरले जनाएको छ। अहिले कोरोनाविरूद्ध चिनियाँ खोप भेरोसेल लगाइएको छ।









