अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने
काठमाडौँ २६ जेठ । वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बायोमेट्रिक नभएका श्रमिकलाई पनि अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको हो । यस अघि बायोमेट्रिक भएका र कार्यालयमा उपस्थित नभइ अनलाइनबाटै श्रम स्वीकृति लिने व्यवस्था थियो ।
जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतारसहित तीन देशमा नियमित उडान खोलेसँगै श्रम कार्यालयले पनि व्यक्तिगत श्रम स्वीकृति कार्यालयमा भौतिक रुपमा उपस्थित भएर प्रदान गर्न थालेको हो । त्यस्तै बायोमेट्रिक भएका र कार्यालयमा उपस्थित नभइ अनलाइनबाटै श्रम स्वीकृति लिन सक्ने व्यक्तिले अनलाइनबाटै पनि सेवा लिन भनिएको छ ।