जुलाई अन्तिमसम्म साउदीले भिसाको अवधि निःशुल्क बढाउने
काठमाडौँ २६ जेठ । साउदीले जुलाई अन्तिमसम्म भिसाको अवधि निःशुल्क बढाउने भएको छ । महामारीको कारण उडानहरू बन्द हुँदा साउदी फर्कन नपाएका र साउदीबाट स्वदेश फर्कन नपाएका श्रमिकको समस्यालाई सम्बोधन गर्न भिसाको अवधि जुलाई ३१ सम्म बढाउने साउदीले जनाएको छ ।
श्रमिक सँगै भिजिट भिसाको अवधि सकिएका विदेशी नागरिकको पनि जलाई ३१ सम्म नै भिसाको अवधि थपिने बताईएको छ। कोरोना महामारीको कारण उडानहरू बन्द भएका देशका नागरिकहरुको हकमा मात्र यो नियम लागू हुने बताईएको छ ।