एकै पटकमा १० सन्तान जन्माएर यी महिलाले तोडिन विश्व रेकर्ड
काठमाडौँ २६ जेठ । दक्षिण अफ्रिकी एक महिलाले एकै पटकमा १० सन्तान जन्माएर राखिन् विश्व रेकर्ड तोडेकी छिन् । ३७ वर्षीया गोसियामे थमारा सिथोले आफ्नो कोखबाट १० बच्चालाई जन्माएकी हुन्।
उनका श्रीमान टेबेगो तसोतेत्सीले गत जून–७ मा प्रिटोरियाको एक अस्पतालमा सिजेरियन सर्जरीमार्फत् बच्चाहरूको जन्म दिएको बताएका छन्। पहिले सिथेको कोखमा ८ वटा बच्चा हुनसक्ने अनुमान गरिएको भएपनि सुत्केरी भएपछि उनले १० बच्चालाई जन्म दिइन्।
अस्पतालले सबै बच्चा सुरक्षित र स्वस्थ रहेको जनाएको सिथेका श्रीमान तसोतेत्सीले बताएका छन्। यसअघि मालीकी मालियन हलीमा सिसेले ९ सन्तानलाई जन्म दिएर विश्व रेकर्ड कायम गरेकी थिइन्।