आज पनि संक्रमित भन्दा निको हुने बढी, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ २६ जेठ - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५७६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मृतक ८१ जनामा कोरोना पुष्टि भएको छ। देशभर हालसम्म कोरोनाबाट ८ हजार १७९ जनाको मृत्यु भएको छ।
देशभर ८० हजार ३३६ जना सक्रिय संक्रमित छन्। देशभर निको हुनेको दर ८५. २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।