स्वास्थ्यले पठायो ३४ अस्पताललाई ९५ थान भेन्टिलेटर
काठमाडौँ, २६, बुधबार । सरकारले दातृ निकायबाट प्राप्त भएका स्वास्थ्य सामग्री अस्पताललाहरूलाई वितरण गरेको छ । विभिन्न देश तथा संघ संस्थाबाट सहयोगस्वरुप प्राप्त भएका स्वास्थ्य सामग्रीहरू अस्पताल तथा पालिकामा पठाएको हो । स्वास्थ्य सेवा विभागले विभिन्न निकायबाट प्राप्त भएको सहयोगलाई आवश्यकताको मूल्यांकन गरेर भेन्टिलेटर, अक्सिजन कन्स्ट्रेटर, अक्सिजन सिलिन्डर, एन्टिजेन किट विभिन्न जिल्लाका स्वास्थ्य संस्थालाई पठाएको हो ।
विभागका आपूर्ति महाशाखा प्रमुख डा. भीमसिंह तिंकरीका अनुसार सहयोगमा प्राप्त भएका ९५ वटा भेन्टिलेटर विभिन्न ३४ वटा अस्पतालमा पठाइएको छ । ती मध्ये ११–११ वटा भेन्टिलेटर वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दिइएको छ । त्यस्तै बाँकेको भेरी अस्पताल, वीरगञ्जको नारायणी अस्पताल र त्रिवि शिक्षण अस्पताललाई ५–५ थान दिइएको छ । त्यस्तै धुलिखेल अस्पताल र सशस्त्र प्रहरी अस्पताललाई ४–४ थान दिइएको छ ।
त्यस्तै सेती अस्पताल, पाटन अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, महाकाली अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालले ३–३ वटा भेन्टिलेटर पाएका छन् । त्यस्तै वीरेन्द्र सैनिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, प्रादेशिक अस्पताल जनकपुर, प्रादेशिक हेल्थ लजेस्टिक सेन्टर बुटवल, लुम्बिनी प्रादेशिक अस्पताल, कोसी
अस्पताल, बिपी कोइराला क्यान्सर अस्पताल, धौलागिरि अस्पताल, भक्तपुर अस्पताल, भक्तपुर सेन्टर अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २(२ थान भेन्टिलेटर पाएका छन् । एक थान भेन्टिलेटर पाउनेमा कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल, पृथ्वीचन्द्र अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल, प्रादेशिक अस्पताल कर्णाली प्रदेश (सुर्खेत) र डडेलधुरा अस्पताल छन् ।
त्यस्तै विभागले देशभरका विभिन्न अस्पताल तथा पालिकालाई ९७० थान अक्सिजन कन्स्ट्रेटर, ५२१४ थान खाली अक्सिजन सिलिन्डर, ३२९ थान अक्सिजनसहितका सिलिन्डर र १६ लाख १९ हजार ७२५ थान एन्टिजेन किट पठाइएको छ ।