image
image

शेयर बजारमा दोहोरो अंकको गिरावट हुँदा करिब १७ अर्बको कारोबार

काठमाडौँ २६ जेठ । । हिजो मंगलबार  उच्च अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । नेप्सेका अनुसार आज शेयर बजार आज १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब ९९ करोड ७० लाख बराबरको कारोबार भएको छ ।  

यस्तै आज २२१ कम्पनीको ३ करोड १३ लाख ५४ हजार २२ शेयर १ लाख ५५ हजार २ सय ३९ पटक कारोबार हुँदा  १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७ सय ३ रुपैयाँको कारोबार भएको हो  ।  

आज कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् भने  १० वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.८८ प्रतिशतले घटेको छ ।    

त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी भएको छ । यसको ८७ करोड ९४ लाख ९० हजारको कोरोबार भएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।