image
image

विवादका कारण रुपन्देहीका चार पालिकामा खोप कार्यक्रम स्थगित

काठमाडौँ, २६, बुधबार । कोभिडविरुद्धको खोप लगाउने क्रममा विवाद भएपछि रुपन्देहीको चारवटा पालिकामा बु्धबार खोप कार्यक्रम स्थगित हुन पुगेको छ । रुपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार ५५ जनालाई १६ वटा पालिका मार्फत् ६९ वटा खोप केन्द्रमा मंगलबार र बुधबार चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाउने कार्यक्रम तय भएको थियो ।सुरुको दिनमै खोप लगाउन सुरु गर्दा लक्षित उमेर भन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइएपछिको उत्पन्न विवादले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउपालिका र मर्चवारी गाउँपालिकामा बुधबारको खोप कार्यक्रम स्थगित हुन पुगेको हो ।

खोप कार्यक्रम स्थगित हुनुको बारेमा सम्बन्धित पालिकाका स्वास्थ्य प्रमुखले यथार्थ जानकारी दिएनन् । गोलमोटल र झारा टार्ने जवाफ दिँदै तर्किने गरेका छन् । केही ठाउँमा अत्याधिक भिड र आवश्यकता अनुरुपको खोप नहुनु र केही स्थानमा स्थानिय जनप्रतिनिधिको स्वार्थ बाझिदा खोप कार्यक्रम विवादित हुन पुगेको हो ।केही जनप्रतिनिधिले आफन्त, पार्टी निटककालाई खोपमा प्राथमिकता दिएपछि विवाद जारी छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही स्थानीय तहका स्वास्थ्य चौकीमा विवाद हुदा खोप कार्यक्रम स्थगित भएको बताए ।

ओमसतिया गाउँपालिका एकजना वडा अध्यक्षले आफन्त र पार्टी कार्यकर्तालाई तोकिएको सरकारी मापदण्ड विपरीत खोप लगाउन दबाब दिएपछि त्यहाँ विवाद भएको हो । मापदण्ड भन्दा बाहिर गएर खोप कार्यक्रममा सहभागी गराएपछि जिल्ला प्रशासनले उनलाई स्पष्टिकरण सोधेको छ । ‘उनले तोकिएको भन्दा आफूखुशीकालाई खोप लगाउन दिएको जानकारीमा आएपछि हामीले स्पष्टिकरण सोधेका छौं,’ तामाङले भने ।

सिद्धार्थनगरमापनि आवश्यकता भन्दा कम खोप आएको र केही जनप्रतिनिधिले आफन्त र कार्यकर्तालाई बढी प्राथमिकता दिएपछि विवाद हुँदा खोप लगाउनै स्थगित गरिएको प्रशासनले जनाएको छ । प्रजिअ तामाङले विवादका विषयमा केन्द्र र प्रदेश सरकारलाई जानकारी गराइएको र सहजीकरण प्रयास भइरहेको बताए ।

सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पिताम्बर पाठकले खोप कार्यक्रम स्थगित हुनुको वास्तविक कुरा बताउन चाहेनन् । सिद्धार्थनगरमा स्वास्थ्य कार्यालयबाट मंगलबारका लागि मात्रै खोप लागाउने कार्यक्रम रहेको र ७ सय ९७ जनाले लगाएपछि बाँकी भ्याक्सिन स्वास्थ्य कार्यालयमै पठाइएको बताए । सिद्धार्थनगरमा १ हजार ४५ जनालाई खोप लगाउने लक्ष्य थियो । ‘घाममा खटेर काम गर्दागर्दै र लक्षित समूहलाइ सेवा दिने भन्दा भन्दै त्यस्तै भयो, म यहाँभन्दा धेरै कुरा गर्दिन्न,’पाठकले भने, ‘जो जस्ले लगाएपनि नेपाली दाजुभाइले नै लगाए होलान । किन यसबारेमा सोधखोज गरेको ? लक्षित समूहलाइ लगाउने भन्दा भन्दै त्यस्तै भएको भन्ने बारेमा उनले थप खुलाउन चाहेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।