image
image

हेटौंडा उपमहानगरपालिकाका मेयरले रोके भेरोसेल खोप अभियान

काठमाडौँ, २६, बुधबार । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा चिनिया ९भेरोसेल० खोप लगाउने कार्यक्रम स्थगित भएको छ । आज बुधबारबाट सुरु हुने भनिएको खोप कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको हो ।नेपाल सरकारबाट प्राप्त उक्त खोप मंगलबारबाट सुरु हुनु पर्ने खोप कार्यक्रम व्यवस्थापनको कारण देखाउँदै एकदिन पछाडी सारिएको थियो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मेयर हरिबहादुर महतको निर्देशनमा खोप कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको हो ।

हेटौंडा उपमहानगरपालिकामा बसोवास गर्ने हरेक नागरिक कोरोना संक्रमणको जोखिममा रहेकोले सबै जनालाई खोप सेवा प्रदान गर्नुपर्ने भन्दै मेयर महतले खोप कार्यक्रम स्थगित गरेको बताए ।‘सरकारले तोकेको उमेर समूहका व्यक्ति मात्र कोरोना संक्रमणको जोखिममा छैनन्, हेटौंडावासी सबैलाई खोप दिन सक्नु पर्छ, त्यसैले खोप कार्यक्रम रोकेका हौँ,’ उनले भने ।

सबे नागरिकहरु कोरोना संक्रमणको जोखिममा रहेकाले उनीहरुलाई कोरोना संक्रमणको जोखिमबाट कसरी जोगाउनेबारे सरकारले छलफल गर्नु पर्ने उनले बताए । ‘सबै नागरिकले खोप लगाउन पाउनुपर्छ, हामी छलफलमा गर्न तयार छौं । सरकारले भनोस् हामी के गर्नु पर्छ गरौँ तर सरकारले निश्चित उमेर समूहका व्यक्तिलाई मात्र नभइ सबैलाई खोप दिन सक्नुपर्छ,’ उनले थपे ।

नेपाल सरकारले स्वास्थ्य आपूर्ति केन्द्र मार्फत मकवानपुरका लागि पठाएको ६ हजार ५ सय भाइल खोपमध्ये स्वास्थ्य कार्यालय मकवानपुरले जनघनत्व र अघिल्लो कोभिसिल्ड खोप लगाउने व्यक्तिको संख्याको आधारमा हेटौँडा उपमहानगरपालिकालाई २ हजार ७ सय भाइल खोप उपलब्ध गराएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए । उनले खोप कार्यक्रम सञ्चालन गर्ने नगर्ने सम्बन्धित स्थानीय तहको अधिकारको कुरा भएकाले यस विषयमा स्थानीय तहका प्रतिनीधि नै जिम्मेवार हुने बताए ।

‘हामीले सरकारले दिएको भ्याक्सिन पालिकाहरुलाई वितरण गरिदिने हो, कार्यक्रम संचालन गर्ने वा नगर्ने सम्बन्धित पालिकाको अधिकारको कुरा हो,’ प्रमुख उपाध्यायले भने । मकवानपुरको अन्य पालिकामा भने खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिकाले खोप लगिसकेको र खोप कार्यक्रम निरन्तर चलिरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।