image
image

आजदेखि सिईडिबी हाइड्रोपावरको नेप्सेमा कारोबार खुल्दै  

काठमाडौं, २६, बुधबार । आजबाट सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको  नेप्सेमा कारोबार खुल्दै छ । कम्पनीको साधारण शेयर मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।कम्पनीको २५ लाख १८ हजार कित्ता साधारण शेयर सहित कुल ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि सिएचडिसी कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो शेयर कारोबारका लागि न्यूनतम प्र्रतिशेयर १३८.७९ देखि अधिकतम ४१६.३७ रुपैयासम्मको ओपनिङ्ग कारोबार रेञ्ज प्रदान गरेको छ ।

नेप्सेले कम्पनीको पछिल्लो लेखापरिक्षण भएको प्रतिवेदन अनुसार कायम प्रतिशेयर नेटवर्थदेखि अधिकतम तीन गुणासम्म पहिलो कारोबारका लागि रेञ्ज तोक्ने गरेको छ । सोही अनुसार सिईडिबी हाइड्रोपावरको पनि कारोबार रेञ्ज तोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।