image
image

छुटको सामान खरिद गर्न उपभोक्ताको घुइँचो

काठमाडौँ - सरकारले छुट दिएको सामान खरिद गर्नका लागि उपभोक्ताको घुइँचो हुन थालेको छ । उपभोक्तालाई राहत दिनका लागि सरकारले खाद्यान्न व्यवस्था कम्पनी र साल्ट्र ट्रेडिङ कर्पाेरेसनबाट बिक्री हुने खाद्यान्नमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो । सोहीअनुसार ती दुई कम्पनीले गत शुक्रबारदेखि छुटमा सामान बिक्री सुरु गरेका छन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

बजार मूल्यभन्दा २० प्रतिशतमा सामान पाइने भएकाले पनि खरिद गर्न बिक्रीस्थलमा उपभोक्ताको भीडभाड लागेको उपभोक्ताको भनाइ छ । निषेधाज्ञा भएको कारणले गर्दा सामान खरिद गर्नका लागि बिक्री केन्द्रमा पुग्न धेरैले नसकेका भएपनि धेरैजसो उपभोक्ता हिँडेरै बिक्रीस्थलमा गएर सामान खरिद गरिरहेका छन् । दाल, चामल, तेल, नुन, चिउरा, चिनी, चामल, कर्णालीको सिमी, ग्यास र इन्डक्सन चुलो बिक्रीमा राखिएको छ । साल्ट्र टेडिङ कर्पाेरेसनका नायब महाप्रबन्धक कुमार राजभण्डारीले सामान खरिद गर्ने उपभोक्ताको भीडभाड धेरै नै भएको बताए । “खाद्यान्न, तेल, चिनी र ग्यास खरिद गर्ने उपभोक्ताको भीड धेरै भयो,” उनले भने, “बिक्रीस्थलमा भीडभाड धेरै भएपछि कोभिडको संक्रमण बढ्न सक्ने भएकाले मंगलबारदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र बिक्री खुला गरिएको छ ।”

चार दिनको अवधिमा दिनभरि खुला गरिएकाले सामान खरिद गर्ने ग्राहकको भीड धेरै भएकाले व्यवस्था गर्न पनि कठिन भएको उनले जानकारी दिए । चार दिनको अवधिमा कर्पाेरेसनले ५३०६ किलो नुन, ५८३६ किलो चिनी, ३११६ किलो ठिपो, २५९९ लिटर भटमास तेल, ५४० वटा ग्यास सिलिन्डर गरेर १७ लाख २ हजार ७ सय ८८ रुपैयाँको बिक्री गरेको छ । कर्पाेरेसनले कालिमाटी, कोटेश्वर जावलाखेल, सतुंगल, भक्तपुर, बनेपा र नारायणगढमा रहेका बिक्री केन्द्रबाट खाद्यान्न बिक्री गरिरहेको जानकारी दिएको छ ।

उपभोक्ताको भीडभाड बढेपछि बिक्री कक्ष खोल्ने समय घटाएको साल्ट ट्रेडिङले घुम्ती सेवालाई भने निरन्तरता दिने भएको छ । निषेधाज्ञाको समय अवधिभर दैनिक ३ वटा भ्यानमार्फत खाद्यान्न बिक्री वितरण गर्दै आएको थियो ।

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चार दिनको अवधिमा ३५ हजार ४ सय ४८ क्विन्टल चामल बिक्री गरेको छ । यस्तै ३३९ क्विन्टल कर्णालीको सिमी, ५८ क्विटल रहर दाल, ४२ क्न्टिल मसुरो दाल, १२ क्विन्टल रहर दाल र ४८ क्न्टिल केराउ बिक्री गरेको कम्पनीले जानकारी दिएको छ । यस्तै २१६८ लिटर सनफ्लावर तेल, १२७३ तोरीको तेल, २५० लिटर भटमासको तेल, ११०० किलो घिउ, १०९ इन्डक्सन चुल्हे र १३ वटा ग्यास बिक्री गरेको जानकारी दिएको छ । बिक्रीकक्ष दिउँसो बन्द भए पनि उपभोक्ताले फोनमार्फत खाद्यान्न अर्डर गर्दा होम डेलिभरी दिने जनाएको छ । घुम्ती सेवाबाट चामल, दाल, गेडागुडी, सूर्यमुखी तेल बिक्री हुन्छ । कम्पनीले प्रतिपरिवार ३० केजीको एक बोरा चामल र २ केजी सिमीमा छुट दिएको छ । खाद्य कम्पनीले भने बिहानदेखि बेलुकासम्म बिक्री कक्ष खुला गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।