किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
काठमाडौँ, २५, मंगलबार । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । गाउँपालिकामा दर्ता रहेका कृषक समूहका किसानलाई पालिकाले कृषि उपकरण वितरण गरेको हो ।आर्थिक वर्ष २०७७/७८ को गाउँसभाबाट सिँचाइ उपकरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषक समूहका किसानलाई कृषि उपकरण वितरण गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलका अनुसार मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषक समूहका किसानलाई लक्षित गरी कृषि उपकरण वितरण गरिएको हो ।किसानलाई पम्पसेट २२ थान, मोटर ४५ थान, स्पेयर मेसिन ५५ थान, माहुरी घार ५० थानलगायत कृषि उपकरण वितरण गरिएको कृषि विकास शाखा प्रमुख कुलदीप मिश्राले जानकारी दिए । पालिकाले ७ लाख रुपैयाँ बराबरको कृषि उपकर उपलब्ध गराएको हो ।