अब विदेशी लगानी ल्याउँदा राष्ट्र बैंकको स्वीकृति नचाहिने
काठमाडौँ २५ जेठ । अब विदेशी लगानी ल्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने भएको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।
“विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपश्चात् सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिन अनिवार्य हुने छैन,” विनियमावलीमा भनिएको छ । तर, विदेशी लगानी स्वीकृत भएपश्चात् विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुपूर्व, लिखित जानकारी भने दिनुपर्ने व्यवस्था गरिएको छ ।
योसँगै अब विदेशी लगानी बापत आउने विदेशी मुद्राका लागि बैंकसँग स्वीकृति लिइरहनु नपर्ने भएको छ भने लगानीको प्रतिफल समेत लगानीकर्ताले सहजै लैजान पाउने भएका छन् । हाल विदेशी लगानी सम्बन्धी झन्झटिलो प्रावधान तथा व्यवधानका कारण विदेशी लगानी उल्लेखनीय मात्रामा आउन नसकेको भन्दै विदेशी लगानी आकर्षण गर्नकै लागि सरकारले यस्तो नीति लिएको देखिन्छ ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी बैंकले यस्तो विनियमावली ल्याएको जनाएको छ ।