image
image

खाली अक्सिजन सिलिन्डर तत्काल भर्न मन्त्रालयको निर्देशन

काठमाडौं, २५, मंगलबार। सरकारले कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण दर केही कम भएको जस्तो देखिएपनि जोखिम कायम रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न तथा अक्सिजन सिलिण्डरहरु भर्न ट्यांकरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै अक्सिजन भर्नुपर्ने सिलिण्डरहरु विभिन्न कारणले नागरिकका घर, टोलट र विभिन्न किसिमका आइसोलेसन सेन्टर तथा अस्पतालहरुमा पुगेको र ती सिलिण्डरहरु समयमै नसकिए भावी दिनमा समस्या उत्पन्न हुनसक्ने भएकाले तत्काल अक्सिजन उद्योगमा पुर्याउन आग्रह गरेको छ । 

तत्काल खाली सिलिण्डर उपलब्ध नगराएमा समग्र आपूर्ति प्रणालीमा समस्या पर्ने भन्दै  यथासक्य चाँडो अक्सिजन भर्न मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।