image
image

म्यानपावर लाइसेन्स खारेजीको प्रावधान हटाइदिन माग 

काठमाडौँ  २५ जेठ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर लाइसेन्स खारेजीको प्रावधान हटाइदिन माग गरेको छ । संघले पाँच कारण देखाउँदै नवीकरणका लागि वार्षिक सय कामदार पठाउने प्रावधान खारेज गर्न माग गरेको हो ।

संघ प्रतिनिधिमण्डलले सोमबार सिंहदरवारस्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री श्रीवास्तवलाई भेट गरी संख्याको शर्त राख्नु अनुचित रहेको, प्राकृतिक विपत्ति महामारी, राजनैतिक, सामाजिक अवस्थाले कामदार पठाउन नसकिएको, यसअघि नेपाल सरकारले नै संख्या सयको प्रावधान खारेज गर्न सैद्धान्तिक सहमति जनाइसकेको, उक्त प्रावधान नेपालको संविधान २०७२ विपरीत रहेको र पहिले कायम गरिएको यस्तै प्रकृतिको व्यवस्था खारेज गरिएको दृष्टान्त दिँदै हाल कायम प्रावधान पनि खारेज गर्न माग गरेको हो ।

२०७५ साल फागुन १९ गते वैदेशिक रोजगार ऐनमा गरिएको संशोधनमा इजाजतपत्र नवीकरणका लागि वार्षिक एक सय कामदार पठाउनु पर्ने व्यवस्था गरिएको थियो । तर, गत वर्ष व्यवसायीहरुको व्यापक दबाबपछि आर्थिक वर्ष समाप्त हुनु केबल दुई दिन अघि मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउको निर्णय गरेर म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने व्यवस्था गरेको थियो । 

      
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।