image
image

दाङमा एक साता थपियो निषेधाज्ञा 

काठमाडौँ, २५, सोमबार । दाङमा निषेधाज्ञा पुनः एक सातालाई थप गरिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको मंगलबार घोराहीमा बसेको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा असार १ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकले खाद्यान्न पसल र बैंकहरु खोल्ने समयलाई हेरफेर गरेको छ । खाद्यान्न पसलहरु अब हरेक दिन बिहान ६ देखि १० बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष दीर्घनारायण पौडेलले जानकारी दिए ।

अब सबै प्रकारका बैंकहरु हरेक दिन बिहान १० देखि दिउँसो २ बजेसम्म खुला गर्ने निर्णय गरिएको पनि उनले बताए । होटेल, रेस्टुरेन्ट, डान्सबार, खाजाघर, कपाल काट्ने पसललगायत अरु व्यवसायहरु भने खोल्न नपाइने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।