सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
काठमाडौँ, २५, मंगलबार । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । प्रदेशसभामा भर्खरै भएको मतदानमा पक्षमा ३० मत आएको छ । विपक्षमा ९ जना सांसद ले मतदान गरे भने । १२ सांसद तटस्थ रहे । माओवादी र एमालेको माधव नेपाल समूहका सांसदले पक्षमा मतदान गरे । ओली पक्षका ७ र जसपाका दुई सांसदले विपक्षमा मतदान गर्दा । कांग्रेसका १२ सांसद तटस्थ बसेका हुन् ।
माओवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका भट्टलाई आफ्नो दलसहित एमालेले मतदान गरेको हो । एमालेको केपी ओली पक्षले भने भट्टको विपक्षमा मतदान ग¥यो ।
५३ सदस्यीय प्रदेशसभामा अहिले ५२ सदस्य छन् । माओवादीबाट प्रदेश सांसद रहेका झपट बोहोरा एमालेको ओली पक्षमा लागेपछि कारबाहीमा परेकाले एक पद रिक्त छ।
५२ सदस्यीय प्रदेशसभामा एमालेको सभामुखसहित २५ सांसद छन् । जसमा एकजना सभामुख छन् ।
बाँकी २४ मध्ये माधव नेपाल पक्षमा १७ जना र ओली पक्षमा ७ जना देखिएका छन् । माओवादीका १३ सांसद छन् । नेपाली कांग्रेसका १२ र जनता समाजवादीका २ जना सांसद प्रदेशसभामा छन् । जनता समाजवादीका दुवै सांसद महन्थ ठाकुर पक्षका हुन् ।