image
image

रानी नाकाबाट मासिक १ करोड बढीको कनिका आयात

काठमडौँ, २५, मंगलबार । विराटनगरको रानी भन्सार नाकाबाट मासिक १ करोडभन्दा बढीको कनिका आयात हुने गरेको छ । विशेषगरी बियर लगायतका लोकल रक्सीका लागि ठूलो परिणाममा कनिकाको खपत हुँदै आएको छ । पछिल्लो समयमा कोरोना भाइरस संक्रमण महामारीका कारण सेनिटाइजरको उत्पादन बढेसँगै त्यसका लागि आवश्यक स्प्रिट तयार गर्नका लागि कनिका प्रयोग बढेकाले कनिकाको माग बढेको हो । 

रानी भन्सार कार्यालयको तथ्याङ्क अनुसार गएको चैत र बैशाख महिनामा मात्र रानी नाकाबाट २ करोड ९४ लाख ४८ हजार ५२० रुपैयाँ मूल्यको ११ लाख ८८ हजार ८६५ केजी कनिका नेपाल भित्रिएको छ ।भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले चैत महिनामा १ करोड ४३ लाख १४ हजार ७६८ रुपैया मूल्यको ५ लाख ९८ हजार ६३० केजी र बैशाख महिनामा १ करोड ५१ लख ३३ हजार ७५५२ रुपैया मूल्यको ५ लाख ९० हजार २३५५ केजी कनिका नेपाल भित्रिएको छ ।

भन्सार कार्यालयको तथ्याङ्कले सोही दुई महिनाको अवधिमा ४० करोड २८ लाख २३ हजार बराबरको ८४ लाख ३८ हजार १५५ केजी चामल नेपाल आयात भएको छ ।

सन्तोष यादबले नेपाल भित्रिएका सबै कनिका भारतबाट आउने गरेको र के प्रयोजनका लागि आउने गरेको बारेमा आफूहरुलाई थाहा नहुने पनि बताए । साराडा ग्रुपका निर्देशक एवं उद्योगी पवन सारडाले बियरको बढ्दो खपतले कनिकाको आयातलाई दबाब परेको समयमा स्वास्थ्य सुरक्षाका लागि हामीले प्रयोग गर्ने सेनिटाइजर बनाउन पनि कनिकाको प्रयोगले त्यसको आयात​मा थप दबाब परेको बताए ।

‘मुलुक भर रक्सी र बियर उत्पादन गर्ने पाँच वटा उद्योग छन्’ उद्योगी सारडाले भने, ‘ति सबै उद्योगका लागि कनिका प्रयोग हुने गरेको छ ।’ यो सँगै अहिले सेनिटाइजर उत्पादन गर्ने उद्योगमा पनि कनिकाको बढ्दो प्रयोग भएकाले यसको मागलाई बढाइदिएको उनले बताए ।

हाल सुनसरी–मोरङ औद्योगिक करिडोरमा सेनिटाइजर र रक्सीका लागि आगि आवश्य कच्चा पदार्थ (स्प्रिट) उत्पादन गर्ने दुई वटा उद्योग रहेका छन् । यसबाहेका अन्य जिल्लामा रहेको यस्ता रक्सी उत्पादन गर्ने उद्योगका लागि रानी नाका भएर भित्रिएका कनिका ती उद्योगसम्म पुग्ने गरेको उद्योगी सारडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।