image
image

लुटेराको समूहले गोली चलाउँदा एक महिला घाइते

काठमाडौँ, २५, मंगलबार । महोत्तरीमा गएराति लुटेराहरूको एक समूहले गोलीको लागि एक महिला घाइते भएकी छन् । ​लोहारपट्टी नगरपालिका वडा नम्बर ६ गएराति रामकरण साहको घरमा ७ जनाको समूहमा हातहतियार सहित आएका लुटेराको समूहले लुटपाट गर्दै गोली प्रहार गर्दा ४५ वर्षिय गायत्री देवी साह घाइते भएकी हुन् ।

लुटेराहरूको समुहले घरमा लुटपाट गर्ने क्रममा गायत्रीले गुहार माग्दै हल्ला गरेपछि  गायत्री देवी माथि गोली प्रहार गरेका थिए ।घाइते गायत्रीको उपचार जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा भइरहेको महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइते गायत्रीको दाहिने तिघ्रामा गोली लागेको उनले बताए ।

लुटेराहरूको समुहले घरमा रहेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाको तिलहरी, दुवै कानको मुन्द्रा लुटेर लगेको उनले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।