दिउँसोको गर्मीमा श्रमिकलाई काममा लगाउने कुवेतका ६६ रोजगारदाता माथि उजुरी
काठमाडौँ २४ जेठ । कुवेतमा दिउँसोको समयमा श्रमिकलाई काममा लगाउने ६६ रोजगारदाता विरुद्ध उजुरी परेको छ । चर्को घाममा श्रमिकलाई काम नलगाउने सरकारको निर्देशन विपरीत काममा लगाएको भन्दै ६६ रोजगारदाता विरुद्ध उजुरी दायर गरिएको हो ।
यो नियम सडक सरसफाइ कर्मचारी, निर्माण क्षेत्रमा काम गर्ने श्रमिक र मोटरसाइकलमा डेलिभरीको काम गर्नेहरुमा लागू हुने निर्देशनमा उल्लेख छ । कुवेतमा गर्मी अत्याधिक हुने जुन, जुलाइ र अगस्ट महिनाभर यो नियम लागू हुने बताईएको छ । यो अवधिमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला ठाउँमा काम गर्न रोक लगाईएको छ ।